Bhawani bhikshu biography of williams

Biography jimmy fallon comedian 4212017

भवानी भिक्षु

भवानी भिक्षु (वि.सं.१९६६ जेठ २१ – २०३८ बैशाख ४ गते)[१] नेपाली कथाकार र उपन्यासकार थिए । उनी आधुनिक नेपाली कथाको फाँटमा मैनाली र कोइरालापछिका तेस्रा हस्ताक्षर हुन् । गुनकेसरी (२०१७), मैयाँसाहेब (२०१७), आवर्त (२०१४), अवान्तर (२०१४) उनका केही कथासङग्रहहरु हुन् ।

बाल्यकाल

[सम्पादन गर्नुहोस्]

भिक्षुको खास नाम नोहरराम गुप्ता हो, उनी सानामा रोगी थिए। घरको कहालीलाग्दो आर्थिक अवस्थाका कारण उनी वाल्यकालमा झोक्राएर नै बामे सरे। त्यसैताका उनलाई शितला माई (बिफर)ले आक्रान्त बनायो। त्यसै बिमारले उनी थला परे। त्यसपछि उनकी आमा उनकै गाउँ तौलिहवाको कालीमन्दिरमा पुगेर आर्तपुकारा गर्न थालिन्, ’हे साक्षात् देवी !

मेरो छोरोलाई केही नहोस्, चिरञ्जीवी होस्।’ अनेक बिलौना गरेर भिक्षुकी आमा घर फर्किन्। उनी देवीथानबाट घर पुग्दा उनको छोरा टुकुटुकु हिंडेर उनको स्वागतमा उभिएका थिए। आफ्नो थलापरेको छोरोको सप्रँदो अवस्था देखेर उनकी आमाका आँखामा हर्षका आँसु छछल्किन थाले। उनले अङ्गालोमा छोरो च्यापेर भनिन् ’मेरो बाबु ! तिमी देवीका कृपाले निको भयौ।’ तर भिक्षुको मुखैभरि विफरका दागले ढाकिदियो। यसरी उनी बिफर रोगले आक्रान्त भई मरणासन्न अवस्थामा पुगेका र आमा यशोदादेवीले भवानीसँग भिक्षा मागेर बचाएकी हुनाले उनको नाम भवानी भिक्षु रहन गएको हो भन्ने भनाई पनि छ। माता यशोदादेवी कलवार गुप्ता र पिता इन्द्रप्रसाद गुप्ताका माइलो सुपुत्रका रूपमा लुम्बिनी अञ्चल, कपिलवस्तु जिल्लाको तौलिहवामा जन्मिएका भवानी भिक्षु तीक्ष्ण बुद्धिका थिए । तर, उनको बौद्धिकताको सदुपयोग आफ्नै घरमा चाहिँ हुन सकेन । त्यसैले मावलीले यिनलाई काखी चेपे । यिनको मामा घर कपिलबस्तुपारि भारतमा थियो। आफ्नो गाउँको भाषा पाठशालामा चार पास गरेपछि भवानी भिक्षु मामाघर पुगे । मामाघरमा केही वर्ष बस्न नपाँउदै फेरि उनका बुबाले उनलाई नेपाल नै फर्काए । तर भवानी भिक्षुको एकोहोरो जिद्दीका कारण उनी पुनः मामा घरै फर्किए । त्यसपछि भने यिनको नियमित पढाइ लेखाइ भारतमै हुन थाल्यो । यिनले बाह्र वर्षै उमेरमा हिन्दी माध्यममा कुलभूषण परीक्षा दिए र त्यस परीक्षामा दोस्रो स्थान प्राप्त गरे ।

व्यवसाय

[सम्पादन गर्नुहोस्]

साहित्य सेवा

[सम्पादन गर्नुहोस्]

काठमाडौँ आएर भवानी भिक्षुले सर्वप्रथम पुरीप्रतिको आफ्नो दायित्व पुरा गर्न प्रयास गरे। त्यसपछि उनी गोरखापत्र पुगे। त्यहाँ उनले सम्पादक प्रेमराज शर्मालाई भेटे। साथै सिद्धिचरण श्रेष्ठसँग पनि उनको भेट भयो। त्यस बखतका साहित्यका शिखरपुरुष सिद्धिचरणलाई विमात्रृभाषी भिक्षुको नेपाली भाषाप्रतिको अनन्यप्रेम, आस्था र लगनशीलताले प्रभावित बनायो। अन्ततः श्रेष्ठले भिक्षुको उत्साहले भरिएको नेपाली भाषासाहित्यप्रतिको समर्पणको नाडी छामे र भिक्षुलाई जोरगणेश प्रेसमा पु-याई दिए। त्यहाँ पुगेर भिक्षुले आफ्नो रचना ’शारदा’मा दिए। १९९३ सालमा उनको पहिलो समालोचना नेपाली भाषामा छापिएको थियो। अनि भिक्षु शारदामा नै टाँस्सिन थाले। परिणामस्वरूप उनी शारदा कै सम्पादकमा पनि नियुक्त भए। भवानी भिक्षुले भारतमा नै बिहे गरे। तर उनको घरजम भएन। अनि फेरि उनले दोस्रो बिहे गरे तर केही वर्षपछि भिक्षु पत्नीवियोगमा परे। धेरै वर्षपछि अर्थात् काठमाडौँमा बसोवास गर्न थालेपछि उनले अर्की एउटीसँग बसउठ गरे। तर उनले बिहे गरेको सकारेनन्। त्यसैताका उनको कवयित्री प्रेमराजेश्वरी थापासँग घनिष्ठता थियो। साथै उनले कथाकार देवकुमारी थापासँग पनि बिहे गर्न अनेक प्रपञ्च गरे तर असफल भए। त्यसैले उनले औपचारिक रूपमा एकल जीवन नै भुक्तान गर्दै आफ्नो यात्रा डो-याइरहे। भवानी भिक्षुले सरकारी जागीरका रूपमा राजनीतिक नियुक्ति पनि पाए। राजा महेन्द्रको निगाहले उनी प्रचार विभागका निर्दशक समेत भए।

भवानी भिक्षुले शारदा र धरतीको सम्पादन गरे। साथै कथा, उपन्यास, कविता गरेर यिनका नौवटा कृति प्रकाशित भए। उनले ’आगत’ उपन्यासमा साझा पुरस्कार र मदन पुरस्कारपनि प्राप्त गरे। साथै उनी त्रिभुवन प्रज्ञा पुरस्कारबाट पनि सम्मानित भए। उनी स्थापना कालदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको सदस्य भए। त्यहाँ बाह्र वर्षसम्म सदस्य भएपछि सोही पदको भत्ता पाउने गरी उनी आजीवन सदस्य भए। राजधानी बाहिरका भिक्षुले सुरुसुरुमा आर्थिक रूपमा कठोर सङ्र्घर्ष गरेर आफूलाई काठमाडौँमा नै अड्याई छाडे। उनले हरेक बाधाको सामना गरेर नेपाली भाषासाहित्यका लागि आफ्नो जीवन समर्पण गरे। बाल्यकालमा अवधी र हिन्दी साहित्यको पाठ कण्ठ गरे तापनि किशोरावस्था सकिंदा नसकिंदैदेखि बाँचुञ्जेलसम्म उनले नेपाली हुनुको धर्म निर्वाह गरे। उनले हरेक क्षण नेपाली भाषा र नेपाली साहित्यकै जप गरे। उनले आफ्नो जीवनकालभरि नै नेपाली भाषासाहित्यमैं तप गरे। फलस्वरूप भिक्षु नेपाली आख्यान साहित्यका अविस्मरणीय प्रणेता मानिए। भिक्षु नेपाली साहित्यका अजरअमर साधकका रूपमा सँधैभरि पुजिए। मातृभाषा अवधि भएका भिक्षु नेपाली साहित्यका आगन्तुक प्रतिभा हुन्। भवानी भिक्षुको प्रारम्भिक साहित्यिक लेखन हिन्दी भाषाबाट सुरु भएको पाइन्छ। उनले हिन्दी साहित्यको पनि प्रशस्त अध्ययन गरेका थिए। यसबाहेक बङ्गाली साहित्यका अमर साहित्यकारहरू रविन्द्र ठाकुर तथा शरद्चन्द्र चट्टोपाध्यायका पनि उनी प्रशंसक थिए र उनीहरूको लेखनबाट प्रभावित र प्रेरित पनि। उनी हिन्दी भाषामा लेख्दथे भन्ने कुरो निम्नङ्कित आत्मस्वीकृतिबाट प्रमाणित हुन्छ – ’सुब्बा ऋद्धिबहादुर मल्लज्यूले नै हिन्दीमा लेखिएको भिक्षुको लेखलाई ’आलोचना र आलोचक’ नाउँले अनुवाद गरी १९९३ साल कार्तिक अङ्कको ’शारदा’मा प्रकाशित गर्नु भो र यसरी ...

नेपाली साहित्यलाई चिनारी गराइयो –’मधेसे नेपाली लेखक। (भिक्षुका आत्मस्वीकृतिबाट)

कथाकार भवानी भिक्षुको साहित्यिक कॄतिहरू

[सम्पादन गर्नुहोस्]

उनको पहिलो रचना ऋद्धिबहादुर मल्लको सम्पादकत्वमा ’शारदा’ पत्रिकामा प्रकाशित ’वियोगरात्री’ गद्यकविता हो भने शारदामैं प्रकाशित ’आलोक र आलोचना’ पहिलो निबन्ध र ’मानव’ पहिलो कथा हो। साहित्यका कविता, कथा, उपन्यास निबन्ध र एकाङ्की जस्ता विभिन्न विधामा कलम चलाएका भिक्षुको महत्त्वपूर्ण क्षेत्र कथा र उपन्यास हो भने त्यसपछिको क्षेत्र कविता हो। शारदादेखि मधुपर्कसम्मका पत्रपत्रिकामा भिक्षुका लेखनिबन्ध छरिएर रहेका पाइन्छन्। उनका निबन्धहरू संग्रहका रूपमा प्रकाशित हुन सकेका छैनन्, अप्रकाशित अवस्थामैं यत्रतत्र छरिएर रहेका छन् भने अन्य प्रकाशित कृतिहरू निम्न छन्:
class="wikitable "

पुरस्कार

[सम्पादन गर्नुहोस्]

साहित्यका विविध विधाहरूमा मात्र नभएर पत्रपत्रिकामा पनि भिक्षुको अतुलनीय योगदान रहेको चर्चा भइसकेको छ। उनले वि.सं.

१९९९ देखि २००३ सम्म शारदा पत्रिकाको सम्पादक, २००८ देखि २०१३ सम्म प्रचार विभागका अतिरिक्त निर्दशक, २०१३ तिर धरती पत्रिकाका सम्पादक, २०१४मा ने.रा.प्र.प्र.का सदस्य रहेर काम गरेको पाइन्छ। उनी प्रज्ञा प्रतिष्ठानबाट त्रिभुवन पुरस्कारबाट सम्मानित पनि भएका थिए। उनी अनेपाली भाषाभाषी थिए तर अनेपाली होइन। अनेपाली भाषाभाषी भन्नाले उनको मातृभाषा नेपाली थिएन तर उनी नेपाली नागरिक थिए। कविवर केदारमान व्यथित र युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली हुन् तर तिनीहरूको मातृभाषा नेवारी थियो। यहाँ एउटा प्रसङ्ग उल्लेखनीय हुन सक्तछ। खर्साङगको एउटा अभिनन्दन समारोहमा उनको परिचय यसरी प्रस्तुत गरिएको थियो – ’यहाँ जन्मले एक बिहारी हुनुभए पनि नेपाली साहित्यमा यहाँको स्थान उच्च छ। नेपाली साहित्यलाई यहाँको देन बडो सराहनीय छ। अनेपाली भएर पनि नेपाली भाषा र साहित्यको विकासमा यहाँको देन साँच्चै ठूलो छ’। सम्मान गर्न बोलाईएको समारोहमै आफूलाई ’अनेपाली भए पनि नेपाली भाषा साहित्यमा कलम चलाएका बिहारी लेखक’ भनिँदा उनको मन कति दुख्यो होला !

तर त्यही निहुँमा उनले नेपाली साहित्यमा कलम चलाउन भने कहिल्यै छोडेनन्। यसरी उनको परिचय दिएपछि उनको सहज र स्वाभाविक प्रतिक्रिया थियो – ’मेरो परिचय दिंदा यहाँले मलाई अनेपाली भन्नुभो। म कसरी अनेपाली ? म खास नेपाली हुँ, नेपालको छोरो कसरी अनेपाली हुन सक्तछ र ?’ (शिवकुमार राई, श्री भवानी भिक्षुः एक संस्मरणः उन्नयन पृ.१३९) नेपालको तराइका बासिन्दा भएकाले भवानी भिक्षु त्यहाँको रहनसहन, रीति–रिवाज, खानपिन, पहिरन र जीवनशैलीसित पूर्ण परिचित थिए। अतः उनको कथा ’हारजीत’ शीर्षकमा त्यहाँको ग्रामीण जीवनको यथार्थ चित्रण गरिएको छ। भवानी भिक्षुले ’हारजीत’ शीर्षक कथाबाट नेपाली साहित्यको आञ्चलिक परिवेशलाई इङ्गित गरेर एउटा प्रशंसनीय काम गरेका छन्। भिक्षु स्वयं तराईबासी भएकाले आफ्नो आगत’ उपन्यासमा आञ्चलिक परिवेशको जीवन्त निरूपण गर्न निपुण साहित्यकारको रूपमा देखापर्नु कुनै आश्चर्यको कुरो होइन। नेपालको तराइको आञ्चलिक परिवेशमा लिखित यो नेपाली साहित्यको पहिलो उपन्यास नै हुन सक्तछ। यस आञ्चलिकताको बीजारोपण उनको कथा ’हारजीत’मा भइसकेको थियो तर भवानी भिक्षुले ’आगतमा नै आञ्चलिकताको बटबृक्षको स्थापना गरेका हुन् जस्तो लाग्दछ। उनको यस वर्णनमा मौलिकताको पुट पाइन्छ। सम्पूर्ण तराइ आफ्नो सामाजिक संरचनासहित त्यहाँ प्रस्तुत छ। तराइको प्राकृतिक सौन्दर्यका साथै भौतिक वातावरण पनि त्यहाँ सजीवतासँग उद्घाटित छ। त्यहाँको ग्रामीण जीवनको सम्पन्नताको झलक भेटिने उक्त उपन्यासमा तराइको ज्वलन्त समस्यालाई पनि उपन्यासकारले दर्शाउने प्रयास गरेका छन्। भवानी भिक्षुको ’आगत’ उपन्यास वास्तवमा तराइको जीवनको ऐना हुन पुगेको छ। हिन्दीका प्रसिद्ध उपन्यासकार फणेश्वरनाथ ’रेणु’को ’मैला आञ्चल’ जस्तै स्तरीय, पठनीय तथा संग्रहणीय उपन्यास भएको छ भवानी भिक्षुको ’आगत’ उपन्यास पनि। मदन पुरस्कार गुठीले यस उपन्यासलाई मदन पुरस्कारबाट पुरस्कृत गरेर प्रशंसनीय काम नै गरेको प्रमाणित भएको छ। नेपाली साहित्यका अमर साहित्यकार भवानी भिक्षुले बडो इमान्दारीपूर्वक आफू प्रभावित र प्रेरित हुने साहित्यकारहरूप्रति आभार प्रकट गर्दै भनेका छन् –’ममाथि पहिलो प्रभाव शरच्चन्द्रको परेको थियो, म उनलाई गुरु मान्छु। कथाको अभिव्यक्तिमा जैनेन्द्रकुमार, बाल्जाक, मोपाँसा, दन्तावस्की, एमिल जोला सबै मेरा प्रेरक हुन्। उत्प्रेक्षा र भनाइमा विदग्धताका लागि ममाथि बनार्ड शाको छाप परेको छ। वाणी विच्छेद र शिल्पका लागि देवकोटा र सुकोमल भावको अभिव्यक्तिको निम्ति सिद्धिचरण मलाई मन पर्छ।(प्रेरणा र प्रभाव बारेमा भिक्षुको स्वीकारोक्ति) नेपाली सहित्यको सेवामा आफ्नो जीवन समर्पण गरेका भिक्षु २०३०को दशकपछि रोगग्रस्त भए, उनी फोक्सोको क्यान्सरबाट थला परे। उक्त कारणले २०३२ सालको मदनपुरस्कार प्राप्त गर्दा भिक्षुले त्यसको प्रत्युत्तर भाषण पनि गर्नसकेन। २०३८ साल बैशाख ४ गते नेपाली साहित्यका चम्किला तारा भिक्षु रोगका कारण यस संसारबाट विदा हुन पुगे।[२]

कथाकार भिक्षुको कथागत प्रवृत्ति

[सम्पादन गर्नुहोस्]

शारदा पत्रिकामा प्रकाशित ’मानव’(१९९५) कथाबाट आधुनिक नेपाली कथामा देखापरेका कथाकार भवानी भिक्षु २०३८ सालसम्म साधनारत रहे। आफ्नो कथालेखनको करिब ३३ वर्षे यात्रामा कथाकार भिक्षुले करिब ४ दर्जन जति कथा लेखेका छन्। यिनका १९९५ देखि २००६ साल पूर्वका कथाहरू गुनकेशरी कथासङ्ग्रहमा, २००७ सालदेखि २०१६ सालसम्मका कथाहरू मैयाँसाहेबमा, २०१७ सालदेखि २०२३ सालसम्मका कथाहरू आवर्तमा र २०२४ सालदेखि २०३३ सालसम्मका कथाहरू अवान्तरमा प्रकाशित छन्। यसपछिका यिनका केही कथा सङ्कलित रूपमा प्रकाशनमा आएका छैनन्।

भवानी भिक्षु विश्वेश्वरप्रसाद कोइरालाबाट प्रारम्भ भएको मनोवैज्ञानिक यथार्थवादी कथाधाराका अग्रणी प्रतिभामध्ये एक हुन्। भिक्षुका कथायात्रालाई निम्नलिखित तीन चरणमा विभाजन गरी हेर्नसकिन्छ।
१– प्रथम चरण (१९९५–२००५)
२– द्वितीय चरण (२००६–२०१६)
३– तृतीय चरण (२०१७–२०३४)

के हो त फ्रायडीय मनोविज्ञान ?
तात्कालिक चेकोस्लोभाकिया गणतन्त्रको फिवर्ग मोराबियामा एउटा यहुदी परिवारमा जन्मिएका सिग्मन्ड फ्रायड (ई.सं.


आदि – प्रमुख पात्र र समस्याको थालनी, अन्तद्र्वन्द्वको थालनी,
मध्य – समस्याको गहिराइ, अन्तद्र्वन्द्वको विकास, उत्कर्ष विन्दूतर्फ उन्मुख र
अन्त्य – समस्याको चरम रूप, पश्चाताप, दुःख, वेदना, आत्मग्लानि।

स्रोत

[सम्पादन गर्नुहोस्]

  1. ↑उद्दरण त्रुटी: अवैध चिनो; नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  2. ↑कृष्णप्रसाद कोइराला, उपप्राध्यापक, पिण्डेश्वर क्याम्पस, धरान, सुनसरी, नेपाल

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]